वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौं कागेश्वरी बस्ने ४३ वर्षीय लछुमन साह तेली र दोलखा बैतेश्वर घर भई तार्केश्वर बस्ने ३१ वर्षीय नबिना दाहाल घिमिरे रहेका छन् ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको भनेर पीडितहरूले दिएको जाहेरी उनीहरूलाई अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार लछुमनले ३ जना पीडितबाट छ लाख रुपैयाँ र नबिनाले युके पठाउने भन्दै ५२ रुपैयाँ लिएर नपठाएको भन्ने पीडितको जाहेरी अनुसार बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ५२ बजे

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान