अर्थसंक्षेप : प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन, स्थानीय सरकारलाई बजेट लेख्नै सकस र झिनो अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन, स्थानीय सरकारलाई बजेट लेख्नै सकस र झिनो अंकले घट्यो नेप्से


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

मंगलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याए ।स्थानीय सरकार अभ्यास थालेयता पालिकाहरूले ल्याएको यो आठौँ बजेट हो ।

तर, अधिकांश स्थानीय सरकारहरूले सङ्घीयता कार्यान्वयनको आठौँ वर्षसम्म आइपुग्दा पनि बजेट लेखन क्षमता नै विकास नगरेको देखिन्छ । मङ्गलबार बजेट अधिवेशनमा प्रस्तुत पालिकाका बजेट हेर्दा यस्तै देखियो ।

अझ; साधनस्रोत सम्पन्न भएका र कार्यकारी प्रमुखमा सङ्घीय सरकारकै सहसचिव खटिएका महानगरहरूका बजेटलेखन समेत निकै कमजोर छ ।

बजेटमा भाषिक शुद्धतादेखि शीर्षकगत विनियोजन नै देखाइएको छैन । कतै कुल बजेट लेखिएपनि चालु र पुँजीगत खर्च विनियोजन जानकारी गायब छ ।

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट

आन्तरिक उत्पादन बढाउनेगरी राजस्व नीति बनाउन सरकारलाई ध्यानाकर्षण

डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

सुनसरीका चार स्थानीय तहको बजेट सार्वजनिक

सिरहा नगरपालिकाले अझै ल्याएन नीति तथा कार्यक्रम र बजेट

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । ‘तीन वटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो’, उनले भने, ‘पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो । माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।’

अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्‍याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पुर्‍याइएको उनले उल्लेख गरे ।

आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएका उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए । ‘विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ । सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ’, उनले भने । सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे ।

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएको छ । यही असार ७ गते सभामा टेबुल भएको विनियोजन विधेयकको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

प्रदेशसभा सदस्यहरूको प्रश्नका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेटमा पुँजीगत खर्चभन्दा चालु खर्च बढी देखिनुको कारण सङ्घबाट प्राप्त हुने रकम पनि चालु खर्चमै राख्नुपर्ने बाध्यताका कारणले भएको बताए । कोशी प्रदेशमा लोकसेवा आयोगबाट कर्मचारीहरू पदपूर्ति हुनु र महङ्गीभत्ताका कारणले चालु खर्च बढेको उनको भनाइ थियो ।

प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन

दशक लामो सशस्त्र सङ्घर्ष त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेको तत्कालीन विद्रोही नेकपा (माओवादी) २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा पहिलो भयो । २०६५ भदौ २ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराई अर्थमन्त्री बने ।

अर्थमन्त्री भट्टराईले व्यवस्थापिका संसद्को बैठकमा २०६५ असोज ३ गते आर्थिक वर्ष २०६५/६६ का लागि बजेट पेश गरे । हजारौँ युवा सहभागी र उत्ति नै सङ्ख्यामा ज्यूज्यान गइसकेको फौजी सङ्घर्ष हाँकेको माओवादीको रापताप कायमै रहेका बेला डा. भट्टराईले बजेट ल्याएका थिए ।

सोही बजेटमा तत्कालीन सरकारले ‘युवा स्वरोजगार कोष’ खडा गर्ने घोषणा गर्‍यो । डा. भट्टराईले बजेटको २०८ देखि २१२ नम्बर सम्मको बुँदामा युवा स्वरोजगार र रोजगारीकै आश्वासन बाँडेका थिए ।

झिनो अंकले घट्यो नेप्से, करिब ६ अर्बको मात्र कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । बजार बन्द हुँदा झिनो अंकले बजार बढेको भए पनि १५ मिनेटको औसतका आधारमा अन्तिम मूल्य हुने भएकाले गर्दा बजार घटेको हो ।

बुधबार बजार ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेको छ । दिनभरमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।

बजार बन्द हुँदासम्म ५ अर्ब ९४ करोड ४२ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ०२ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक