दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण | Khabarhub Khabarhub

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । 

लमही नगरपालिका–३ कान्छी गाउँका २३ घरधुरीलाई आठ धुरदेखि एक कठ्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । 

भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र उपप्रमुख लक्ष्मी योगीले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरे।

भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा आज आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

एक धुर जग्गासमेत नाममा दर्ता नभएका परिवारले पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो । 

अध्यक्ष रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए। 

‘पहिला वन कि मान्छे रु जङ्गललाई जंगलको रूपमा राख्ने र बस्तीलाई बस्तीको रूपमा विकास गर्न चाहन्छौँ’, उनले भने, ‘ऐन, नियम, कानुनभन्दा बाहिर गएर आयोगले काम गर्दैन । संविधानले प्रदत्त गरेको सम्पत्ति र आवासको अधिकार कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौँ । यसको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो ।’

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी, आयोगका विज्ञ सदस्य यज्ञराज आचार्य, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमकी नेपाल प्रमुख प्रज्ञा प्रधानलगायतले भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने अभियानले सार्थकता पाउन थालेकामा खुसी व्यक्त गरे ।

लमही नगरपालिकाको आयोजनामा, जिल्ला भूमि समस्या समाधान आयोग, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम र सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ०१ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक