एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ | Khabarhub Khabarhub

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले जनस्तरमा पार्टी प्रतिको विश्वास बढेको बताएका छन् ।

उनले भने, ’जनताका मुद्दा र जनजीविकाका सवालमा जोडिएको पार्टी नै एमाले हो, भन्नेमा जनताको बुझाइ प्रस्ट देखियो, अब विश्वासलाई कामले भरोसामा परिणत गर्नु पर्छ ।’

सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको संगठनको अवस्थाबारे जानकारी लिएर फर्किएका थापाले पत्रकार सम्मेलनमार्फत् स्थलगत अध्ययनपछिको अवस्थाबारे जानकारी गराएका हुन् । थापाले हल्ला गरिएजस्तो कुनै जिल्लाको पार्टी कमिटीमा विवाद नदेखिएको प्रस्ट पारे ।

पार्टी केन्द्रीय संगठन विभागले थापालाई सुदूरपश्चिमका कैलाली र कंचनपुर बाहेक बैतडी, दार्चुला, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको स्थलगत अनुगमनका लागि खटाएको थियो ।

दुई महिनाभित्र स्थलगत रिपोट बुझाउने कार्यतालिकासहित जिल्ला पुगेका थापाले बाजुराबाहेक सबै जिल्लाको अवस्थाबारे जानकारी लिइसकेको जानकारी गराएका छन् ।  

पार्टीले २१ बुँदे प्रश्नावलीको जिम्मेवारीसहित थापालाई पहाडका ७ वटा जिल्ला र लीला भण्डारीलाई कैलाली र कंचनपुरको जिम्मेवारी दिएको थियो । भण्डारीले स्थलगत अध्ययनको काम थालिसकेकी छैनन् । 

थापाले पार्टी संगठनका गतिविधिबारे सूक्ष्म निगरानीसहित आन्तरिक रणनीति सहितको प्रतिवेदन केन्द्र र प्रदेशको संगठन विभागलाई बुझाउने र सम्बन्धित जिल्लालाईसमेत बोदार्थ दिने बताएका छन् ।

केन्द्रीय संगठन विभागको वैशाख १४ गते बसेको २२ औँ बैठकको निर्णय अनुसार नै उनीहरूलाई जिम्मेवारी सहित जिल्लामा पठाएको हो । थापाको साथमा डोटी र अछामबाहेक सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द पनि सँगै थिए ।

बाजुरा जिल्ला इन्चार्जसमेत रहेका थापाले नेकपा एमाले जनताको मुद्दाबाट टाढा रहन नसक्ने स्पष्ट पारेका छन् । पार्टीगत क्रियाकलाप, जनसमस्या, स्थानीय तहमा देखिएका कमजोरी, जनसङ्गठन र संगठन सुदृढीकरणको अवस्था विगतभन्दा धेरै सुधार र सक्षम तरिकाले अघि बढेको बताएका छन् । 

सुदूरपश्चिममा भीम रावललाई कारबाहीपछि बेहालको अवस्था आयो र अवस्था बुझ्न तपाईँलाई पठायो भन्ने कुरा के हो ? भन्ने पत्रकारको प्रश्नमा थापाले त्यो बेला मान्छे ढुलमुल भयो होला, केही असर देखियो होला ? तर अहिलेको अवस्थामा झन् बलियो र एकताबद्ध देखिएको बताए ।

‘एमालेको केन्द्रदेखि तल्लो तहसम्म संगठन बलियो बनाउनुको साथै जनतासँग जोडिने कार्यलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘जनताको मुद्दाबाट पार्टी पछि हट्दैन ।’ उनले सुदूरपश्चिमका जिल्लामा पार्टीप्रति जनताको भरोसा अझ बलियो बनेको समेत दाबी गरे ।

जिल्लाको इन्चार्जको जिम्मेवारी भए पनि थापालाई पार्टी केन्द्रले नै संगठन विभागका तर्फबाट ७ वटै जिल्लाको अवस्था अध्ययन गर्न पठाइएको हो । 

२०७९ को चुनावमा एमाले सुदूरपश्चिम प्रदेश सभामा माओवादी पछि छ । १६ वटा संघिय निर्वाचनमा २ सिटमा चित्त बुझाएको अवस्था छ । थापाले पत्रकार सम्मेलनमा सुदूरपश्चिममा पार्टी संगठन बलियो र सशक्त बन्दै गएको पनि बताए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ३५ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक