सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ « Khabarhub

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार राजबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । गण्डकी प्रदेशका सूचनाको हक अभियन्ताहरूको पोखरामा सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भारत कोइराला, सचिवमा कृष्ण क्षेत्री, महिला सचिवमा माया अधिकारी र कोषाध्यक्षमा टीका आचार्य चयन भए । 

त्यसैगरी, समितिका सदस्यहरूमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, विराज त्रिपाठी, सुभाष पौडेल, सुशीला रोका, शिवप्रसाद गौतम र मिला दराई छन् । 

यसैबीच, नवनिर्वाचित समितिको पहिलो बैठकले महासंघका गण्डकी प्रदेश सल्लाहकारमा गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई मनोनीत गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । बैठकले महासचिव भरत कोइरालालाई सूचना अधिकारीको जिम्मा लिने निर्णय गरेको छ । 

पोखराका अग्रज पत्रकारहरू गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिवप्रसाद बास्तोकोटी सम्मिलित निर्वाचन सहजीकरण समितिले सर्वसम्मत रूपमा कार्यसमिति चयन प्रक्रिया टुङ्ग्याएको थियो ।

कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष उमिद बागचन, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्रलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ४३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन