विष्णुमतीले बगाएको कारबाट एक महिलाको उद्धार « Khabarhub

विष्णुमतीले बगाएको कारबाट एक महिलाको उद्धार


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको छ । 

गएराति १० बजेतिर काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पताल नजिकै रहेको विष्णुमती नदीमा कारसँगै बगेकी दाङ तुलसीपुरकी भावना ओलीलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विष्णुमतीमा कार खसेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ पुगेको प्रहरीले बानियाटार पुलमा अड्किएको अवस्थामा कार फेला पारेको थियो ।

अर्को कारलाई साइड दिने क्रममा सो कार माटोमा भासिएर विष्णुमतीमा खसेको प्रहरीले जनाएको छ ।

उक्त कार काठमाडौंको धुम्बाराही बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ का अंकुश सिंहले चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

चालक बोहरा भने कार नदीमा खस्दै गर्दा किनारमा हामफालेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ०७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र