३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ | Khabarhub Khabarhub

३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको हो । 

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ । 

उक्त ट्रकको पछाडी सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

त्यस्तै ट्रक चालक बुद्धि बहादुर स्याङतानका साथबाट १ लाख ९२ हजार रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध भारत लैजान खोजिएको प्रहरीको भनाइ छ । 

ट्रक र बरामद लागूऔषधसहित ट्रक चालक स्याङतानलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : २५ बजे

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै