खगित्राले जन्माइन् चम्ल्याहा बच्चा, चिकित्सक भन्छन्- दुर्लभ घटना « Khabarhub

खगित्राले जन्माइन् चम्ल्याहा बच्चा, चिकित्सक भन्छन्- दुर्लभ घटना


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेडिकल कलेज सिनामंगलमा बुधबार एक महिलाले चम्ल्याहा शिशूको जन्म दिएकी छिन् ।

खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्माएकी हुन् । ती शिशुहरु तीन जना छोरा र एकजना छोरी छन्।

आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुहरू निकालिएका हुन् । शल्यक्रियामा संलग्न केएमसीका चिकित्सहरूले चम्ल्याहा बच्चा जन्मिनुलाई ‘दुर्लभ’ घटना भएको बताएका छन्।

तीन जना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्कीले ३५ वर्षे अनुभवमा दोस्रो पटक चम्ल्याहा जन्म भएको देखेको बताइन् । यो निकै दुर्लभ अवस्था हो । उनले ‘टेस्टट्युब बेबी’का रूपमा जन्माइने सन्तानका हकमा भने एकभन्दा बढि बच्चाहरू गर्भमा रहन सक्ने बताइन ।

बुधबार जन्मिएका चम्ल्याहा शिशुहरुलाई विशेष स्वास्थ्य निगरानीमा राखिएको छ । सामान्यतः नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ।

चम्ल्याहा शिशुमध्ये सबैभन्दा कम एक जनाको तौल ९५० ग्राम छ भने बाँकी तीनको क्रमशः झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ३१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२