आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे « Khabarhub

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् । 

दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा. डिबी क्षेत्रीले जानकारी दिए।

 ‘पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५-२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ’, उनले भने।

ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा. क्षेत्रीले जानकारी दिए । उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ । 

अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमर्जेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ । 

विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ । 

यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : १६ बजे

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा

रास्वपा कर्णाली प्रदेशको सहमहामन्त्रीमा साह र सुवेदी मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर

आजका समाचार : सरकार चोख्याउने रविको भाषण, संसद अधिवेशन भोलिदेखि र अभिनेता विजय अब मुख्यमन्त्री

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने राष्ट्रिय

देउवाले थला पारेका भ्रातृसंगगठनलाई गगनले झन् गिजोले

काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको