गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो « Khabarhub

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा फेरि परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्ने भएको छ ।

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा विधेयकका केही बुँदामा सहमति हुन नसकेपछि शुक्रबार पुन: परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्न लागिएको हो ।

बिहीबार दिनभर उपसमितिको बैठक बसेपछि निष्कर्ष भने निस्किन सकेन । त्यसपछि बसेको समितिको पूर्ण बैठकमा निजी विद्यालयको व्यवस्थापनका बिषयमा सांसदहरुले फरक फरक धारणा आएपछि शुक्रबार बिहान पुनः उपसमितिको बैठक बस्ने भएको छ ।

त्यसपछि समितिको बैठक बसेर विधेयकलाई पारित गर्ने समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए। शुक्रबार बिहान ९ बजे परामर्शको बैठक बस्ने र साढे ११ बजे समितिको बैठक बस्ने उनले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले निजी विद्यालयको व्यवस्थापनका विषयमा फरक फरक धारणा राखेका थिए । बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अबको १५ बर्षसम्म पनि निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताए ।

उनले नयाँ निजी विद्यालय खोल्न दिनुपर्ने बरू नियमनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै एमाले सांसद एवम् तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले संविधानले अनिवार्य र निःशुल्क भनेको अवस्थामा संविधानको कार्यान्वयन गर्न बनाउन ऐन संविधानसँग बाझिन नहुने तर्क गरिन् ।

उनले अनिवार्य निशुल्क शिक्षा ऐन कार्यान्वयनमा रहिरहेको अवस्थामा नयाँ ऐनले त्यसमा बाधा उत्पन्न गर्न नहुने धारणा राखेकी थिइन् ।

त्यस्तै माओवादी सांसद रेखा शर्माले निजी विद्यालयलाई खुल्ला छोड्न उचित नहुने उल्लेख गरिन् । उनले निशुल्क शिक्षाबारे संविधानका बिषयलाई कार्यान्वन गर्न नसके संविधान संशोधन गर्न पनि सुझाव दिएकी छन् ।

विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल विकास (ईसीडी)का बिषयमा पनि सहमति जुट्न सकेको छैन । समितिले भने शुक्रबार नै विधेयक पारित गरेर शनिबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसअघि गत वैशाखमा आन्दोलनरत शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : ०४ बजे

मौन बस्ने प्रधानमन्त्रीको गल्ती चोख्याउन अपजसको भारी बोक्दै सभापति

काठमाडौं- प्रधानमन्त्री बनेको तीन महिना नबित्दै वालेन्द्र शाहले गरेका निर्णयहरु

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम- सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले इलामको

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय