सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ « Khabarhub

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले संविधानलाई मान्ने हो भने स्वास्थ्य र शिक्षाबाट नाफा कमाउन नपाइने बताएकी हुन् ।

उनले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक संस्था बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा गरेकी छन् ।

‘नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालय क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको रूपमा रहनेछन् भनेर लेख्नुपर्छ,’ उनले प्रस्तावित शिक्षा विधेयकबारे पार्टीकोतर्फबाट सुझाव राख्दै भनेकी छन् ।

उक्त बैठकमा शिक्षा विधेयकलाई लिएर दलहरूबीच कुरा मिल्न सकेन । बैठकमा समिति सदस्यहरूले निजी विद्यालयको व्यवस्थापनका विषयमा फरक फरक धारणा राखेका थिए ।

बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अबको १५ वर्षसम्म पनि निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताए । उनले नयाँ निजी विद्यालय खोल्न दिनुपर्ने बरू नियमनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै एमाले सांसद एवम् तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले संविधानले अनिवार्य र निःशुल्क भनेको अवस्थामा संविधानको कार्यान्वयन गर्न बनाउन ऐन संविधानसँग बाझिन नहुने तर्क गरिन् ।

उनले अनिवार्य निशुल्क शिक्षा ऐन कार्यान्वयनमा रहिरहेको अवस्थामा नयाँ ऐनले त्यसमा बाधा उत्पन्न गर्न नहुने धारणा राखेकी थिइन् ।

त्यस्तै माओवादी सांसद रेखा शर्माले निजी विद्यालयलाई खुल्ला छोड्न उचित नहुने उल्लेख गरिन् । उनले निशुल्क शिक्षाबारे संविधानका बिषयलाई कार्यान्वन गर्न नसके संविधान संशोधन गर्न पनि सुझाव दिएकी छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : ३० बजे

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ