दाउन्ने सडक फेरि अवरुद्ध | Khabarhub Khabarhub

दाउन्ने सडक फेरि अवरुद्ध


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहीबार ठूलो पानी परेपछि विनय खोलामा बाढी आउने जोखिम बढेको भन्दै प्रहरीले यातायात सञ्चालनमा रोक लगाएको हो।

बिहीबार साँझ ७ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ। मौसम र सडकको अवस्था हेरेर मात्र सडक सञ्चालन हुने प्रहरीको भनाइ छ। लामो समयदेखि अवरुद्ध र जोखिमपूर्ण मानिएको उक्त सडकमा रोकिएका सवारी साधन मंगलबारदेखि बिहीबार साँझसम्म वारपार गरेका थिए।

यसअघि सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। यो सडक करिब दुई सातादेअि अवरुद्ध छ।

पुस २६ गते दुम्कीवासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि बनेको डाइभर्सन सामान्य वर्षाले बाढी आएपछि प्रहयोग बिहीन बन्दै आएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : २५ बजे

पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित भएका छन् । सुनचाँदी गहनामा

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

दमौली– तनहुँका १० वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् ।

माधव नेपाल धरौटीमा छुटेपछि एकीकृत समाजवादीको बैठक (तस्बिरहरू)

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

एजेन्सी– क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप

भिजिट भिसा प्रकरणमा देउवाले भने- गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्धारित समयमा नै