घरेलु मैदानमै हार्‍यो पीएसजी « Khabarhub

घरेलु मैदानमै हार्‍यो पीएसजी


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २-० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक-एक गोल गरे ।

खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २-० को जित दिलाए ।

हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन