पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा (तस्बिरहरू) « Khabarhub

पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा (तस्बिरहरू)


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित भएका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले पसल बन्द परेर पुन सडक आन्दोलन सुरु गरेका हुन् । 

निरन्तर आन्दोलनका रहेका व्यवसायीहरूले यसअघि केही दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरु गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । 

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए । 

व्यवसायीहरूले सुनमा लगायतको कोटा प्रणाली खारेज गर्न समेत माग गरेका छन् । उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने व्यवसायीहरूको भनाइ छ ।

तस्बिरहरू :

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै