एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन « Khabarhub

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालले कुनै पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि सुरू सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा चलाइएको निष्कर्ष पनि निकालिएको ज्वालाले बताएका छन् । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूमाथि भ्रष्टाचारको झूटो मुद्दा लगाइएको बताएका थिए ।

उक्त बैठकले राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास लिएको प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताकोबाट राजीनामा दिएर बाहिर बस्नु नपर्ने निष्कर्ष निकालेको ज्वालाले बताएका छन् ।

‘पतञ्जलि योगपीठको साँगास्थित जग्गा बिक्रीसम्बन्धी मुद्दामा अध्यक्ष नेपाललाई फसाउने कोसिस गरियो’, उनले भने, ‘हाम्रो पार्टीमाथि पहिलेदेखि नै, स्थापना भएदेखि नै, एमालेबाट विद्रोह गरेदेखि नै प्रहार र षड्यन्त्र हुँदै आएको थियो । यो मुद्दा त्यही प्रहारको अर्को श्रृंखला हो । हाम्रो अध्यक्षलाई झुटो मुद्दा लगाइएको छ ।’

उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको बताए ।

‘हाम्रो पार्टीका अध्यक्षमाथिको मुद्दा आन्दोलनमाथिको प्रहार हो’, उनले भने, ‘माधव नेपाल अहिलेका नेतामा सबैभन्दा स्वच्छ छविका हुनुहुन्छ । उहाँको जीवनशैली सरल छ । उहाँलाई मुद्दा लगाएर हाम्रो पार्टीलाई कमजोर बनाउन खोजिएको छ । यो विशिद्ध प्रतिशोधका कारणले लगाइएको मुद्दा हो ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ०९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी