एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग « Khabarhub

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आज बसेको बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारसँग आग्रह गरेको हो ।

वर्षातको समयमा सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनस्र्थापना तथा व्यवस्थापन गर्न माग गर्दै बैठकले मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न सुझाव दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, ¥यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेको प्रस्ताव बैठकले पारित गरेको छ ।

सरकारले ३० वर्षदेखि उखु किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराउँदै आएकामा आगामी आर्थिक वर्षदेखि सो रकम बजेटमा कटौती गरेकामा बैठकले सो निर्णय सच्याएर अनुदान उपलब्ध गराउन माग गरेको छ ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गरेको थियो । बैठकमा पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष नेपाललाई अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले रु ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल गरिएको थियो ।

तत्कालीन मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय अख्तियारको क्षेत्राधिकार बाहिर रहेको भए पनि राजनीतिक दबाबका कारण भ्रष्टाचारको मुद्दा दर्ता गरेको बैठकले निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा मुद्दा दर्ता भएपछि पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्नुपर्ने केही नेताले सुझाव दिएका थिए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : ३७ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का