जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री | Khabarhub Khabarhub

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् ।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’

एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औँ जन्मजयन्तीमा शनिबार विविध कार्यक्रम गरी मनाउँदै छ । 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : ५३ बजे

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब सक्रिय राजनीतिमा फर्कने

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको