सभामुख र दलका प्रमुख सचेतकबीच छलफल « Khabarhub

सभामुख र दलका प्रमुख सचेतकबीच छलफल


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

शनिबारको संसद् बैठक अघि सभामुखले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस सचेतक सुशीला थिङ, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी थिए । यस्तै, उपसभामुख इन्दिरा रानाको पनि उपस्थिति थियो ।

बैठकमा रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान लिएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ११ : ५८ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज