गृहमन्त्रीलाई राप्रपा सांसदको चेतावनी– धेरै फुर्ति नदेखाउनुस्, भोलि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ « Khabarhub

गृहमन्त्रीलाई राप्रपा सांसदको चेतावनी– धेरै फुर्ति नदेखाउनुस्, भोलि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिबाट गृहमन्त्री रमेश लेखकलाई कमाइ बचाउन सजिलो भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभको शनिबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले केही दिनअघि गठित शंकरदास वैरागी नेतृत्वको समितिबाट गृहमन्त्री लेखकलाई कमाएको रकम बचाउन सजिलो भएको टिप्पणी गरेकी हुन् ।

‘मैले तगृहमन्त्रीज्यूलाई सोझो–साझो ठानेको थिएँ । उहाँ त चम्फु बाठो हुनुहुँदो रहेछ,’ सांसद कार्कीले भनिन्, ‘उहाँले त यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई त फुत्किन धेरै सजिलो भयो । र, कमाइलाई पनि बचाउनलाई धेरै सजिलो भयो ।’

उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई धेरै फुर्ति नखाउन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीज्यू धेरै फुर्ति नदेखाउनुस् । किन भने त्यो एक दिन यस्तो समय आउँछ, तपाईं पनि त्यो पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,’ कार्कीले प्रश्न गरिन्, ‘त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?’

सांसद कार्कीले गृहमन्त्री लेखकमाथि नेपाली जनता बेचेर ५० लाखदेखि एक करोडका दरले दैनिक कमाइ गरेको पनि आरोप लगाइन् । ‘तपाईंले भिजिट भिसाको नाममा जुन दैनिक ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ,’ उनले आरोप लगाइन्, ‘नेपाली जनतालाई बेच्नुभएको छ ।’

राप्रपा सांसद कार्कीले गृहमन्त्री लेखकलाई नैतिकता देखाएर राजीनामा दिन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् । र, छानबिनलाई सघाउ पुर्‍याउनुस् ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : १४ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो