रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे « Khabarhub

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका लागि संकलन भइरहेको हस्ताक्षरमा राउटे समुदायका नागरिकलाई पनि हस्ताक्षर (ल्याप्चे) गर्न लगाएको छ । 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेका तीन जना राउटेलाई रास्वपाका नेता–कार्यकर्ताहरूलाई हस्ताक्षरका लागि तयार पारिएको कागजमा ल्याप्चे गर्न लगाएका हुन् । 

राउटेहरूले ल्याप्चे लगाउँदै गरेको तस्बिर रास्वपाको केन्द्रीय विज्ञान, सूचना तथा प्रविधि विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र महताले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । तस्बिरमा उनी राउटेलाई हस्ताक्षर संकलन फारममा ल्याप्चे लगाउन सघाइरहेको देखिन्छन् । 

आर्थिक सहयोग माग्न महेन्द्रनगर पुगेका राउटे मुखिया प्रकाश शाही, प्रेम शाही र खगेन्द्र शाहीले रास्वपाको हस्ताक्षर अभियानमा ल्याप्चे गरेको महताले जानकारी दिए ।

 ‘के पर्वका लागि यता आउनुभएको थियो । हामी मदन चोकमा हस्ताक्षर संकलन गरिरहेका थियौँ,’ उनले खबरहबसँग भने, ‘रवि लामिछानेको तस्बिर देखेपछि हामी पनि गर्छौं भनेर आउनुभएको हो । ल्याप्चे लगाउनुभयो ।’

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोपमा रास्वपा देशभित्र र बाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : ५३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी