सुडानमा अर्धसैनिक बलको आक्रमण, १३ सर्वसाधारणको मृत्यु « Khabarhub

सुडानमा अर्धसैनिक बलको आक्रमण, १३ सर्वसाधारणको मृत्यु


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक समर्थन बल (आरएसएफ) ले गरेको आक्रमणमा शुक्रबार १३ जना सर्वसाधारणको मृत्यु भएको छ । साथै २१ जना घाइते भएको स्वयंसेवक समूहले जनाएको छ ।

 शुक्रबार एल फासेरमा आरएसएफले आक्रमण गर्दा तीन  बालबालिका सहित उनीहरूको मृत्यु भएको एक स्वयंसेवक समूह सुडानीज डाक्टर नेटवर्कले एक विज्ञप्ति मार्फत बताएको हो । 

सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफ दुवैलाई युद्धविराम लागू गर्न आह्वान गर्दै यसले सहरमा भएको आक्रमण र कडा घेराबन्दीले हजारौँ बालबालिका, महिला तथा वृद्धहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको जनाएको छ ।

यसैबीच, एल फासेरमा प्रतिरोध समितिले एक विज्ञप्तिमा एल फासेर  आरएसएफले गरेको विस्फोट र आक्रमणले आवासीय क्षेत्रमा तनाव थपेको जनाएको छ ।

विज्ञप्तिमा घटनाको परिणामस्वरूप महिला र बालबालिका सहित धेरै निशस्त्र नागरिकहरूको मृत्यु हुनुका साथै दर्जनौं गम्भीर घाइते भएका छन् । केही घाइतेहरूलाई सहरको मुख्य अस्पतालमा लगिएको छ, जुन हाल औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको छ।

आरएसएफले २०२४ मे  देखि एल फासेरमा अवरोध गरिरहेको छ, जसमा दैनिक जसो   गोलाबारी र आरएसएफ र एसएएफ दुवै संलग्न तीव्र सहरी लडाइँहरू समावेश छन्। एल फासेरले डार्फर क्षेत्रका लागि प्रमुख प्रशासनिक केन्द्र तथा दारफुर राज्यको राजधानी हो जुन आरएसएफ नियन्त्रण बाहिर छ ।

सुडान सन् २०२३ अप्रिल  देखि एसएएफ र आरएसएफ बीचको द्वन्द्वमा फसेको छ। युद्धले दशौँ हजारको ज्यान लिनु का साथै लाखौँलाई सुडानभित्र तथा यसको सीमापार घर छोड्न बाध्य पारेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : ५२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले