रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन  « Khabarhub

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका छन् । रास्वपाको जारी हस्ताक्षर अभियानमा समर्थन जनाउन उनी शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । 

बनस्थली पुगेर पूर्वप्रधानमन्त्री भट्टराईले अभियानमा समर्थन गर्दै हस्ताक्षर गरेको रास्वपाका नेता दीपक बोहराले जानकारी दिएका छन् । 

‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ समर्थन जनाउनुभएको छ,’ उनले भने । 

बोहराका अनुसार भट्टराईले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 

रास्वपा असार ७ गतेदेखि पार्टी सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्दै देश भित्र र बाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ४८ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।