हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड « Khabarhub

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् । 

नेपाल उद्योग व्यापार महासङ्घको शनिबार आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने योजनाबद्ध प्रयास भएको बताए।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार राष्ट्रिय पुँजी प्रवर्द्धनमा आफूले जोड दिएको र सुशासन कायम गर्नमा नै ध्यानकेन्द्रित रहेको बताए। 

जनजीविकासँग प्रत्यक्ष सरोकार भएका ठूला पूर्वाधार परियोजना अघि बढाइएको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘सरकारको नेतृत्व गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण ‘करिडोर’लगायत परियोजनाको अवधारणा ल्यायौँ । ती आयोजनाले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन् । रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन अनुभव गरिसकेका छन् । हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्‍यौँ, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्‍याएको छ ।’

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासङ्घका समूह प्रमुख गङ्गा कार्कीले देशको आर्थिक विकासबारे मन्तव्य व्यक्त गरेका थिए । 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : २९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान