कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन « Khabarhub

कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिचौलियाहरूको स्वार्थमा नीति ल्याएको बताएका छन् । 

पार्टी सम्वद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पुनले रड बनाउन प्रयोग हुने स्पन्ज आइरन र तार जाली उद्योगका लागि आर्थिक चलखेलका आधारमा कर नीति ल्याइएको बताए । 

सत्तानिकट अमुक स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिका कारण अर्बौं लगानी गरेका अरु व्यवसायीको व्यवसाय धरापमा पर्ने र हजारौँको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ थियो ।

 ‘स्पन्ज आइरनमा लगाइँदै आइको करलाई १ प्रतिशत झारिएको छ । अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ । यसरी त उद्योग चल्दैन । भएको रोजगारी पनि गुम्छ’, पुनले भने । उनले कानुन बनाउनेदेखि बजेट निर्माण र ठेक्कापट्टामा समेत बिचौलियाकरण भएकाले भन्दै यो स्थितिको अन्त्य नगरी मुलुकमा राष्ट्रिय पुँजी निर्माण सम्भव नहुने उल्लेख गरे । ‘बिचौलियाको स्वार्थमा राज्यका निकायले कानून बनाउने कुराले समाजवादको आधार निर्माण गर्दैन’, पुनले भने, ‘ राष्ट्रिय पुँजी निर्माण गर्ने र प्रतिस्पर्धी वातावरण बनाएर मात्र समाजवादको आधार तयार पार्न सकिन्छ ।’

पुनले कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योग आदिमा  लगानी प्रवर्द्धन गर्न सके मुलुकमा राष्ट्रिय पुँजी निर्माण हुने औंल्याए । 

फरक प्रसङ्गमा उनले चीन विश्वको दोश्रो र भारत तेश्रो ठूलो अर्थतन्त्र बन्दै गरेकाले त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नुपर्नेमा जोड दिए ।

त्यसका लागि एकतिर मात्र फर्कने परम्परागत नीतिबाट माथि उठेर उत्तर–दक्षिण समदूरीको सम्बन्ध विकासमा जोड दिनुपर्ने पुनले औंल्याए । 

 ‘नेपालले उत्तर र दक्षिणको विकासको फाइदा लिनुपर्छ । त्यसैले हामीले हाम्रो सरका भएको बेलामा उत्तर–दक्षिण करिडोरको अवधारणा ल्याएर कार्यान्वयन गरेका हौं’, उनले भने ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ३४ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले