पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पञ्जाबको पूर्वी प्रान्तमा बुधबारदेखि अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।

भारी वर्षाका कारण कम्पाउण्डका पर्खाल, घर तथा छाना भत्किँदा कम्तीमा आठ जना बालबालिकाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाका अधिकारीहरूले पछिल्लो २४ घण्टामा आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको बताएका छन् ।

मृत्यु हुनेमा चार बालबालिका र तीन महिला रहेका छन् भने अन्य छ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले शुक्रबार अबेर जनाएको छ ।

उक्त निकायका अनुसार मृत्यु हुनेमा १० जना उत्तरपश्चिमी स्वात उपत्यकाका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा अचानक आएको बाढीले नदी किनारमा रहेका घर र त्यहाँ बसोबास गर्ने परिवारलाई बगाएको थियो ।

खैबर पख्तुनख्वामा आएको बाढीले ५६ घरमा क्षति पु¥याएको छ जसमध्ये छ वटा घर पूर्णरूपमा भत्किएका छन् ।राष्ट्रिय मौसम विज्ञान सेवाले मङ्गलबारसम्म भारी वर्षा र आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ ।

गत महिना पाकिस्तानमा आएको भीषण आँधीबेहरी, असिनासहित विभिन्न चरम मौसमी घटनाहरूमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : २४ बजे

राष्ट्रिय सम्मानसहित विपिनको अन्तिम बिदाइ (तस्बिरहरू)

कञ्चनपुर– हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको

जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन मंगलबार

इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग

काठमाडौं– नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय