काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको बताएकी छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दे एक स्टाटस लेखेकी समीक्षाले महेश बस्नेत कुनै घटनाबाट आफूलाई चोख्याउन चरित्र हत्या गरेको आरोप लगाएकी हुन् ।
उनले लेखेकी छन्, ‘ सम्माननीय प्रधानमन्त्रीज्यू, । हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।
उनले जनताको अदालत भन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले आफूलाई र आफ्नी डाक्टर छोरीलाई एकै ठाउँमा राखेर सोच्न बस्नेतलाई आग्रह गरेकी छन् ।
प्रतिक्रिया