एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक | Khabarhub Khabarhub

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन्।

आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका जैसीले ७० बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १०४ रन बनाउँदै शानदार शतक बनाएका हुन्। अहिले नेपालले २२ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २२६ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि परिमार्जन यादव २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी २८ बलमा ७१ रन बनाएर आउट भए।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : २६ बजे

चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं–  उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

सहकारी पीडितको समस्या समाधानबारे प्रधानमन्त्री : जे गर्नुपर्छ गरौँ, ठगेर हिँड्नेलाई नछाडौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल

प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठन सहमत

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ