राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी « Khabarhub

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा विभिन्न १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।
 
अध्यक्ष नारायणप्रसाद दाहालले ती मन्त्रालयगत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव नआएको जानकारी गराए ।

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरू तुलसाकुमारी दाहाल, सुरेश आलेम मगर, नारायणदत्त मिश्र, उदयबहादुर बोहरा, सोनाम ग्याल्जेन शेर्पा, झक्कुप्रसाद सुवेदी, किरणबाबु श्रेष्ठ, गोमादेवी तिमिल्सिना, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त भट्ट, राजेन्द्रलक्ष्मी गैरे, जगप्रसाद शर्मा र दुर्गा गुरुङले भाग लिए ।
 
उनीहरूले आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन, स्वास्थ्य पूर्वाधारको विकास, व्यापार घाटा न्यूनीकरण तथा किसानका समस्या समाधान गरी उत्पादन वृद्धिको योजना ल्याउन सरकारलाई सुझाव दिए । रासस

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : २५ बजे

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान