किसानको रोजाइमा उन्नत जातका बीउ, रैथाने धान लोप हुँदै | Khabarhub Khabarhub

किसानको रोजाइमा उन्नत जातका बीउ, रैथाने धान लोप हुँदै


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा– असार पन्ध्र राष्ट्रिय धान दिवस । दोलखा धान उत्पादन तथा खेतीको हिसाबले मध्यम जिल्ला हो ।
जिल्लाको अधिकांश तल्लो क्षेत्रमा मुख्य बालीको रूपमा कृषकले धान लगाउने गर्छन् । पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् ।

अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली,पोख्रेली, अट्टटे, रामसली, खुमल दशलगायतको धान रोप्ने गर्दथे । पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर अहिले उन्नत जातका धान लगाउन थालेका छन् ।

जिल्लाका ९ वटै पालिकाका किसानहरू हिजोआज पुरानो रैथाने जात छाडेर धेरै उत्पादनको आशमा हाइब्रिड जात अन्तर्गतको जिटी, शंकर, एच.क्यु, सुपर चाइनिज लगायतको रैथाने धान रोप्ने गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले बताए ।

पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको उनले सुनाए। 

अर्का स्थानीय किसान कुमार घिमिरेले पनि केही वर्ष अघिसम्म यहाँका किसानले रैथाने  धान खेती गर्ने गरेको भएपनि अहिले प्राय सबै किसान रैथाने धान तर्फ आकर्षित बनेको उनले सुनाए।

पोख्रेली धान पाथी बीउ रोपे पछि मुरी फल्ने गर्दथ्यो । वैतेश्वरका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो ।

अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर  लगाउँछन्, वैतेश्वरका निम्कोट, लप्से, वैंती, गोपि, मार्वु, काब्रे लगायतका खेतना अल्को पराल, लामालामा बालाको रामसलि, अट्टटे, मार्सि लगायत जातको धान देखिन्थ्यो ।

तर अहिले यी सबै खेतमा पुरानो जातको रैथाने बिउ देख्नै छाडेको कृषकहरू बताउँछन् ।

दोलखामा हालसम्म २८ प्रतिशत रोपाइँ सम्पन्न 

कृषि विकास कार्यालय रामेछापको तथ्यांक अनुसार हालसम्म जिल्लामा २८ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको जनाएको छ।
कार्यालयले दोलखामा दुई हजार आठ सय १४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ।जिल्लाको भीमेश्वर नगरपालिकामा ३८ प्रतिशत रोपाइँ सकिएको छ। त्यसैगरी जिरी नगरपालिकामा-४० प्रतिशत,वैतेश्वरमा-३५,मेलुङमा -३९ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख डम्बर दाहालले बताए ।

त्यसैगरी विगु गाउँपालिकामा-४२ प्रतिशत,कालिञ्चाेकमा ४० र गौरीशंकर गाउँपालिकामा ४१ प्रतिशत रोपाइँ सकिएको निमित्त कार्यालय प्रमुख दाहालले बताए । सुवास बस्नेत/ दोलखा

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ०७ बजे

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको