सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ ।

आज पहिलो दिनको छलफलमा भाग लिने सत्तापक्षका प्रदेशसभा सदस्यहरुले दलालमार्फत योजना आउने प्रवृत्ति रोक्न नसक्नु चिन्ताको विषय भएकाले यस्तो प्रवृत्ति रोक्न विशेष पहल गर्नुपर्ने, योजनाहरुको प्राथमिकीकरणमा भएका कमीकमजोरी सच्याउनुपर्ने, नीति कार्यक्रमबमोजिम बजेट समावेशी र सन्तुलित ढङ्गको नभएको, नेताका योजना परे पनि जनताका योजना नपरेकाले सच्याउनुपर्ने माग गरे।

प्रतिपक्षी दलका सदस्यहरुले अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएको, वित्तीय हस्तान्तरण गर्दा कतिपय पालिकालाई विभेद गरिएकाले सच्याउनुपर्ने र बजेट विनियोजन गर्दा भएका अनियमित कामको छानबिनका लागि छानबिन समिति गठन गर्न माग गरे ।

सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, रक्षा महरा, नेकपा (एमाले) का सन्तोषी शर्मा थापा, जानकी ऐर बम, दमनबहादुर भण्डारी र नागरिक उन्मुक्ति पार्टीका खुशिराम डगौराथारूले छलफलमा भाग लिएका थिए ।

यसैगरी, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी, गीतादेवी माल र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले छलफलमा भाग लिएका थिए ।

यसअघि बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : २६ बजे

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ