आमा बन्दै ‘चपली हाइट’ गर्ल विनिता « Khabarhub

आमा बन्दै ‘चपली हाइट’ गर्ल विनिता


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘चपली हाइट’ अभिनेत्री विनिता बरालले ‘सप्रराइज’ भन्दै आफू गर्भवती भएका तस्वीर सार्वजनिक गरेकी छिन् । ४ महिनाअघि आफ्ना प्रेमी तिलक पौडेलसँग बिहे गरेकी विनिताले सामामाजिक सञ्जालमार्फत खुशी साटेकी हुन् ।

तस्बीरमा आफ्नो बेबी बम्प शेयर गर्दै विनिताले लेखेकी छिन्, ‘सप्रराइज, सप्रराइज लिटिल विनिता वन बोर्ड ।’

पति तिलक पौडेललाई समेत ट्याग गर्दै गरेको पोस्टमा विनिताका प्रशंसकले बधाई दिएका छन् ।

पाँच वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’ बाट राम्रो प्रतिक्रिया पाए पनि विनिता नेपाली फिल्म उद्योगमा खासै जम्न सकिनन् ।

यद्यपि उनी उक्त फिल्ममा दिएको बोल्ड सिनका कारण चर्चामा आएकी थिइन् । अन्य फिल्म खासै सफल नभएपछि कृषि पढ्न भन्दै विनिता अमेरिका हानिएकी थिइन् ।

अमेरिकामा बस्दै आएका तिलक पौडेलसँग उनले ४ महिनाअघि बिहे गरेकी थिइन् । लामो समय प्रेममा रहेका तिलक र विनिताले आफ्नो प्रेमलाई बिहेमा बदलेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : २८ बजे

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४