आमा बन्दै ‘चपली हाइट’ गर्ल विनिता « Khabarhub

आमा बन्दै ‘चपली हाइट’ गर्ल विनिता


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘चपली हाइट’ अभिनेत्री विनिता बरालले ‘सप्रराइज’ भन्दै आफू गर्भवती भएका तस्वीर सार्वजनिक गरेकी छिन् । ४ महिनाअघि आफ्ना प्रेमी तिलक पौडेलसँग बिहे गरेकी विनिताले सामामाजिक सञ्जालमार्फत खुशी साटेकी हुन् ।

तस्बीरमा आफ्नो बेबी बम्प शेयर गर्दै विनिताले लेखेकी छिन्, ‘सप्रराइज, सप्रराइज लिटिल विनिता वन बोर्ड ।’

पति तिलक पौडेललाई समेत ट्याग गर्दै गरेको पोस्टमा विनिताका प्रशंसकले बधाई दिएका छन् ।

पाँच वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’ बाट राम्रो प्रतिक्रिया पाए पनि विनिता नेपाली फिल्म उद्योगमा खासै जम्न सकिनन् ।

यद्यपि उनी उक्त फिल्ममा दिएको बोल्ड सिनका कारण चर्चामा आएकी थिइन् । अन्य फिल्म खासै सफल नभएपछि कृषि पढ्न भन्दै विनिता अमेरिका हानिएकी थिइन् ।

अमेरिकामा बस्दै आएका तिलक पौडेलसँग उनले ४ महिनाअघि बिहे गरेकी थिइन् । लामो समय प्रेममा रहेका तिलक र विनिताले आफ्नो प्रेमलाई बिहेमा बदलेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : २८ बजे

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको