राजावादीलाई लिङ्देनको आग्रह- राजाको जन्मदिनमा सहभागी बनाैँ « Khabarhub

राजावादीलाई लिङ्देनको आग्रह- राजाको जन्मदिनमा सहभागी बनाैँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै लैजाने पार्टीको नीति रहेकाले तदअनुरुपको कार्ययोजना बनाइ क्रियाशील हुन पार्टीको विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

अध्यक्ष लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँगको बैठकमा विभागीय गतिविधि, पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरू लगायतका विविध विषयमा छलफल गरेका छन् । त्यसअवसरमा उनले विभिन्न विभागका गतिविधि र भावी योजनाबारे ब्रिफिङ समेत लिएका छन् ।

बैठकमा अध्यक्ष लिङ्देनले ठूला र पुराना दलहरुप्रति जनताको विश्वास खस्कँदै गएको र नयाँ भनिनेहरू पनि दिशाविहीन भइरहेको अवस्थामा राप्रपा जनभावना अनुरूपको भरोसायोग्य शक्ति बन्नसक्ने दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । राप्रपा आन्दोलनमा छ, पार्टीका हरेक गतिविधिहरू आन्दोलन केन्द्रीत हुनेछ, अध्यक्ष लिङ्देनले भने ।

राप्रपाले यसपटक राजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनको एउटा अङ्गको रुपमा मनाउने र पार्टीका सबै संयन्त्रलाई राजाको जन्मदिनमा सरिक हुन सर्कुलर समेत गरेको छ। राजा र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्नु राजसंस्था पक्षधरहरूको धर्म हो, सोही अनुरूप राप्रपाले यसपटक राजाको जन्मदिनलाई विशेष ढंगबाट मनाउन लागेको हो, सचिवालयका एक सदस्यले भने ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले