फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ « Khabarhub

फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

सीमावर्ती बजार रक्सौलबाट फुड सप्लिमेन्ट औषधि खरिद गरेर वीरगञ्जमा जभाभावी मूल्य राखेर प्याकिङ तथा बेचबिखन गर्दै आएका वीरगञ्ज महानगर–२६ का जितेन्द्रप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले २१ थरिका विभिन्न फुड सप्लिमेन्ट औषधि कालोबजारी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरेर कालोबजारीअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

“भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपाल भित्र्याई उक्त औषधिहरूको बट्टामा आफुखुसी मूल्य राखेर बेचबिखन गरेको सूचनाका आधारमा पक्राउ गरेका हौँ”, उनले भने । कुर्मीबाट करिब रु २५ लाख मूल्य पर्ने औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : २८ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा