रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस् | Khabarhub Khabarhub

रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस्


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन सुझाव दिएको छ । 

रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले निजामतीसम्बन्त्री विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको बदमासी स्वीकार गर्दै राजीनामा दिन सुझा दिएका हुन् । 

 ‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती विधेयकमा तपाईंले संघीय सदनको रोस्ट्रमबाट टेबल गरेकोभन्दा फरक कुरा कसरी आयो ?,’ प्रश्न गर्दै उनले एक्समार्फत् भनेका छन्, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’ प्रवक्ता झाले विधेयक पारितका लागि संसद्मा उपस्थित दलहरूका सांसदहरू प्रति पनि व्यंग गरेका छन् । ‘पढ्दै नपढेर ‘हुन्छ’ ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी’ ।’
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ०० बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत