‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु « Khabarhub

‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनु पर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार समितिको बैठकका लागि आएका सभापति खतिवडाले पत्रकारहरूसँगको कुराकानीमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थालाई लिएर विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनुपर्ने बताएका हुन् ।

‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन । त्यसमा हामी छानबिन हुनुपर्छ भन्ने पक्षमा छौँ’, सभापति खतिवडाले भने, ‘लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो ? यो छानबिन हुनुपर्छ ।’

उनले छानबिनका क्रममा आफू दोषी देखिए कारबाहीको दायरामा आउन तयार रहेको पनि जिकिर गरे । ‘छानबिनमा यदि मेरो दोष देखियो भने म पनि कारबाहीको दायरामा आउन चाहन्छु,’ सभापति खतिवडाले भने, ‘यसमा छानबनिका लागि सभामुखलाई आग्रह गरेका छौँ ।’

‘निजामाती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै संवैधानिक वा सकारी नियुक्ति पाउन छैन’ भन्ने प्रावधान समितिले विधेयकमा रोखको उनले दोहोर्‍याए ।

‘त्यही मूल मर्म थियो । त्यसको मुनी एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्‍यौँ,’ खतिवडाले भने, ‘यो कसको गल्तीबाट भएको छ, कसले गर्‍यो त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ४१ बजे

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक