१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव « Khabarhub

१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव गरेकी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव गरेकी हुन् । 

‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्छ, जसलाई कडाइका साथ लागू गर्नुपर्छ,’ केन्द्रीय सदस्य संग्रौलाले भनिन् । 

मंसिरमा महाधिवेशन हुने सम्भावना कम देखिएको भन्दै उनले समयमै कार्यतालिका बनाएर संगठनलाई गतिशील बनाउनुपर्नेमा पनि जोड दिइन् ।

आन्तरिक मनमुटाब र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने बेला आएको संग्रौलाको भनाइ थियो । उनले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको बताइन् ।

भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्ने संग्रोलाको सुझाव थियो । उनले सरकारबारे धारणा राख्दै वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी नभएको टिप्पणी गरिन् । 

मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्नेमा उनको जोड थियो । ‘केही साथीहरू सधैँभरी मन्त्री भइरहने भ्रममा हुनुहुन्छ,’ केन्द्रीय सदस्य संग्रौलाले भनिन्, ‘त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’

पेशागत तथा बुद्धिजीवी विभागको संयोजकको हैसियतले उनले सातै प्रदेशमा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया गरेको र प्रतिवेदन केन्द्रमा बुझाइसकिएको बताउँदै नेकपा एमालेसँगको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले संसदमा नेतृत्व गर्नुपर्नेमा उनको जोड थियो ।

संग्रौलाले आगामी चुनावमा नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने भएकाले अहिलेदेखि नै संगठन निर्माणमा ध्यान दिन र सरकारमा गएका मन्त्रीहरूले पनि इमानदारिताका साथ काम गर्न आग्रह गरिन् । 

‘मिसन २०८४ को चर्चा चुलिएको छ, तर के कांग्रेस एक्लै चुनाव लड्न तयार छ ?,’ नेतृ संग्रौलाले प्रश्न गर्दै भनिन्, ‘यस विषयमा गम्भीर समीक्षा हुन जरुरी छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : २५ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले