एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट  छन् : डिला संग्रौला « Khabarhub

एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट  छन् : डिला संग्रौला


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमाले नेतृत्वको सरकारका कामप्रति मात्र नौ प्रतिशत जनता सन्तुष्ट रहेको सर्वेक्षण पार्टीसमक्ष प्रस्तुत गरेकी छन् । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार उनले ‘पुरक एसिया’ नामक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणको नतिजा प्रस्तुत गरेकी हुन् । 

‘हालको सरकारको कामप्रति जम्मा नौ प्रतिशत मात्रै सन्तुष्ट छन्,’ केन्द्रीय सदस्य संग्रौलाले ‘पुरक एसिया’ को सार्वजनिक सेवा र सुशासन तथा नागरिक असन्तुष्टि सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै भनिन् । 

उनले सर्वेक्षणमा टेक्दै झण्डै ८४ प्रतिशत जनता राजनीतिक दलहरूसँग असन्तुष्ट रहेका र झण्डै ९४ प्रतिशतले दलहरूकै मिलोमतोमा ठूलो स्तरमा भ्रष्टाचार भई रहेको बताएको पनि बताइन् । 

९० प्रतिशतले दलहरूले नै भ्रष्टहरूलाई संरक्षण गरिरहेको ठान्ने गरेको सर्वेक्षणले देखाएको संग्रौलाको भनाइ थियो । उनले झण्डै ५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतको भन्दा फरक दललाई भोट हाल्ने बताएको पनि बताइन् । 

‘तर ७३ प्रतिशतले दलहरूमा नयाँ नेतृत्व आएमा आफूहरूले पुनर्विचार गर्न सक्ने बताएका छन्,’ उनले सर्वेक्षण उद्धृत गर्दै भनिन् । 

सर्वेक्षणअनुसार आमजनताको असन्तुष्टि आर्थिक अवसरको अभाव, संस्थागत भ्रष्टाचार, कमजोर शासन प्रणाली तथा युवाको विदेश पलायनसँग जोडिएको छ । 

‘अक्षम राजनीतिक नेतृत्व र सार्वजनिक संस्थाको कमजोर प्रदर्शनले जनताको विश्वास खस्केको छ,’ उनले भनिन्, ‘बारम्बार सरकार परिवर्तन, राजनीतिक सञ्जाल र नागरिक आवाजको बेवास्ताले आक्रोश बढेको देखिन्छ ।’

केन्द्रीय सदस्य संग्रौलाले गैरसरकारी संस्थाको सर्वेक्षण प्रतिवेदन बैठकमा प्रस्तुत गर्दै सबै केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराइ दिन केन्द्रीय कार्यालयलाई आग्रह पनि गरिन् । 

‘यो सर्वेक्षणले एउटा प्रदेशको मात्रै हैन, देश भरिकै जनमतको प्रतिनिधित्व गर्छ,’ उनले भनिन्, ‘यो प्रिन्ट गरेर सबै केन्द्रीय सदस्यज्यूहरू लाई बाँडी दिन म केन्द्रीय कार्यालयलाई अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ३५ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले