तपाईंको पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस् « Khabarhub

तपाईंको पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस्


९ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्थिक उन्नति हरेक मान्छेले चाहन्छन् । तर सबै मान्छे सफल हुन सक्दैनन् । पैसालाई सबैथोक मान्न सकिन्न । यद्यपि पैसा बिना जीवन पनि चल्दैन ।

आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरुलाई आकार दिन पैसाको आवश्यकता पर्छ । आफूसँग भएको बेलामा खर्च गर्ने र समय आउँदा टर्छ भन्ने बानीले हामी आवश्यक परेको बेलामा आर्थिक अभावमा डुब्छौं ।

त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागि केही सामान्य उपायहरु उल्लेख गरिएको छ :

# सामान किनमेल गर्न जानुअगाडी आफूलाई आवश्यक रहेका कुराहरुको लिस्ट बनाउनुहोस् ।

# बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे  सोच्नुहोस् ।

# घरमा खुत्रुके राख्नुहोस् ।

# सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् ।

# दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।

# एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् ।

# कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ ।

# बजारको हल्लाको पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररि जानकारी लिएर मात्र खरिद गर्नुहोस् ।

# ‘सेल’ मा राखेको सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नै नभएको सामान खरिद नगर्नुहोस् ।

# आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् ।

# यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।

# धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् ।

# बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ४ : २५ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा