तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव « Khabarhub

तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनकै लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामर्थ्य बढाउन आग्रह गरेका छन् ।

पोखरेलले सरकारलाई सामर्थ्य बढाउन विभिन्न सातवटा सुझाव पनि दिएका छन् ।

लेख्दै पोखरेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु सरकारको सामर्थ्य बढाउने पहिलो प्रयास हुने उल्लेख गरेका छन् ।

यसैगरी राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउन पनि उनले तीनै तहका सरकारलाई सुझाएका छन् ।

महासचिव पोखरेलले तोकिएको समयमा योजनाअनुसारको कार्यसम्पादनमा जोड दिन पनि आग्रह गरेका छन् ।

सरकारहरूले सूचना प्रविधिको अधिककतम् प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन पनि उनले सुझाव दिएका छन् ।

यसैगरी मागमा आधारितभन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिन पनि पोखरेलले भनेका छन् ।

महासचिव पोखरेलले सरकारहरूले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन आग्रह गरे ।

यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०५ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने