निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग « Khabarhub

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा भएको छेडखानीको छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई आग्रह पनि गरेका छन् । 

‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो । यो सामान्य अवस्था होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा छानविनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिले लामो समयको छलफलपछि सर्वसम्मतिले पारित गरेका विषय भएकाले ‘कुलिङ अफ पिरियड’ बारे  सबैको ध्यानाकृष्ट गर्न चाहेको पनि उल्लेख गरेका छन् । 

विज्ञप्ति जारी गर्नुअघि उनले ‘कुलिङ अफ पिरियड’ बारे केन्द्रीय कार्यसमिति बैठकमा पार्टीलाई औपचारिक रूपमा जानकारी गराएका थिए । खतिवडाले बैठकमा आफूले विधेयकमा भएको छेडखानीबारे विज्ञप्ति जारी गर्न लागेको भन्दै अनुमतिसमेत मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : १० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै