बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो « Khabarhub

बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको जालसाझीलाई इतिहासकै निकृष्ट र लाजमर्दो भनेका छन् ।

कुलिङ पिरियडबारे धारणा सार्वजनिक गर्दै उनले यस्तो भनेका हुन् ।

‘कूलिङअफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामापछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र होइन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले यस घटनालाई उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा कति ठूला राज्य दोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराध हुँदै आएका र हुन सक्ने रहेछन् भन्ने ताजा प्रमाणका रुपमा उल्लेख गरेका छन् । उनले यस घटनाको जति भर्त्सना र निन्दा गरे पनि कम हुने बताए ।

अब टालटुले सुधारले नहुने बताउँदै देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ४८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा