सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषाको  जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित सडकमा मधेश प्रदेश ०२-००१ क २२४० नम्बको टिपरले ज.८ प ७७४३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका-१० बस्ने ८० वर्षीय चलितर मण्डलको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि काब्या अस्पताल जनकपुर पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसतै सप्तरीको कञ्चनरूप नगरपालिका-२ महादेवपट्टीस्थित सडकमा वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख ५४३८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रोजित शेखको छोरा ८ वर्षीय आयन शेखको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १२ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा