सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषाको  जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित सडकमा मधेश प्रदेश ०२-००१ क २२४० नम्बको टिपरले ज.८ प ७७४३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका-१० बस्ने ८० वर्षीय चलितर मण्डलको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि काब्या अस्पताल जनकपुर पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसतै सप्तरीको कञ्चनरूप नगरपालिका-२ महादेवपट्टीस्थित सडकमा वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख ५४३८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रोजित शेखको छोरा ८ वर्षीय आयन शेखको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै