राष्ट्रियसभा : कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन « Khabarhub

राष्ट्रियसभा : कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये आज तोकिएका मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफलमा भाग लिँदै सदस्य युवराज शर्माले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत माग भएकामा विगत वर्षको भन्दा घटेको बताए। शिक्षा क्षेत्रलाई बढी महत्व दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले विगतका सरकारले ल्याएका राम्रा कार्यक्रममा अहिलेको सरकारले निरन्तरता दिन नसकेको आरोप लगाए । कृषि र शिक्षा क्षेत्रमा बजेट आवश्यक मात्रामा व्यवस्था हुन नसकेको उनको भनाइ थियो । 

सदस्य जयन्तीदेवी राईले शिक्षामा पर्याप्त मात्रामा बजेट नभएको बताइन्। सदस्य रेणु चन्दले प्रतिनिधिसभामा निजामती विधेयक पारित गरेभन्दा फरक कसरी भयो त्यसको छानबिन गर्न माग गरिन् । कृषिमा बजेट कम भएको उनको गुनासो थियो । 

सदस्य कृष्णबहादुर रोकायाले बजेटले सन्तुलित विकासको अवधारणालाई समेटेर अघि बढेको बताए। पुराना आयोजनालाई अलपत्र नपारी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

सदस्य कृष्णप्रसाद अधिकारीले बजेट भूगोलअनुसार सन्तुलित नभएको बताए। सदस्य गङ्गाकुमारी बेल्वासेले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताइन्। कृषिलाई हल्का तरिकाले बजेटमा प्रस्तुत गरिएको उनले उल्लेख गरिन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १३ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा