करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको बुद्धभुमी नगरपालिका-६ लक्ष्मीपुर बस्ने ६४ वर्षीय मल्लु धोवीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित कुखुरा फर्मको कम्पाउण्डमा सुरक्षाको लागि राखेको विद्युत् प्रवाह भएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यसतै कैलालीको धनगढी उपमहानगरपालिका-१४ डि गाउँ बस्ने ३० वर्षीया रूपा चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : २४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी