विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने  « Khabarhub

विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।

निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’

लामिछानेले पहिलो संस्करणका प्रस्तोता विश्वप्रकाश शर्माले नै दोस्रो संस्करण पनि सञ्चालन गर्ने जानकारी दिँदै दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरे बताएका छन् । 

‘राजनितिकर्मीकै रूपमा सरोकारवालाहरूको प्रश्न सुन्नुहुनेछ, अनि संसद्को रोस्ट्रमबाट झैं सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सुत्र खोजीसाथ छलफल चलाउनुहुनेछ,’ उनले भने ।

साहित्य लेखनमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा संगीत पनि भर्ने गर्छन् । पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि शर्माले परिचय बनाएका छन् । छापामाध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजन कर्मको अनुभव पनि छ ।

कार्यक्रमको विषयवस्तु

कार्यक्रम ऐनाको पहिलो सिजनमा सामाजिक विसंगतिविरुद्ध रूपान्तरणका पक्षमा थियो । बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिकस्थलमा हुने दुर्व्यवहार, एसिड आक्रमण लगायतका विसंगतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई केन्द्रीय बहसमा ल्याइएको थियो । साथै निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउने प्रयास पनि भएको थियो ।

निर्देशक लामिछानेले ‘ऐना’ केवल एउटा टेलिभिजन शो नभइ समुन्नतिको दिशामा एउटा बुलन्द आवाज भएको बताए । 

‘कमजोरी पहिचान गर्दै, सच्याउन जोडबल गरौँ, गर्न बाँकी धेरै कर्म छन्, तिनलाई हासिल गर्ने संकल्प गरौँ, त्यही यात्रामा जोडबल गर्ने कार्यक्रम ‘ऐना’ को दोस्रो सिजनमा पनि पहिलो सिजनमाझैं तपाईंको उत्तिकै माया पाउने, विश्वास हामीले लिएका छौँ,’ लामिछानेले भने ।

कार्यक्रम निर्माण-निर्देशन, अनुसन्धान, रिपोर्टिङ, लेखन, भिडियोग्राफी, सम्पादन र व्यवस्थापनमा प्रकाश लामिछाने, आरके धिताल, जनक पौड्याल, भानु बोखिम, सोविता रिसाल, जीवन तिम्सिना, मनिका खतिवडा, ज्योती भट्टराई, युवराज साउद, सुशील बुढाथोकी, युवराज श्रेष्ठ लगायत रहेका छन् ।

लामिछानेले कार्यक्रमका प्रायोजक नेपाली व्यवसायीको नेपालभित्रकै उत्पादनसँग अघिल्लो सिजनजस्तै यसपटक पनि जोडिएको बताए । कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुनेछ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ४९ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा