इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए | Khabarhub Khabarhub

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै दिनमा तीन हजार २८४ परिवारका १३ हजार २९ जना नागरिक छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।

उनीहरू पश्चिम हेरात प्रान्तको इस्लाम कला नाका, पूर्वी नंगरहारको तोर्खम नाका, दक्षिण कन्धारको स्पिन बोल्दाक नाका तथा पश्चिमी निमरोजको अब्रीशम नाका हुँदै अफगान भूमि प्रवेश गरेका हुन् ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायोगको पछिल्लो विवरणअनुसार, सन् २०२५ को सुरुयता हालसम्म १२ लाखभन्दा बढी अफगानी नागरिकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किसकेका छन् ।

हाल झण्डै ७० लाख अफगानी शरणार्थी विदेशमा रहेका छन्, जसमा धेरैजसो व्यक्तिहरू कागजपत्रविहीन अवस्थामा इरान र पाकिस्तानमा बसोबास गरिरहेका छन् ।

यी दुवै मुलुकका अधिकारीहरूले अवैध रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई आफ्नो देश फर्कन बारम्बार आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ०४ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम