इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए « Khabarhub

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै दिनमा तीन हजार २८४ परिवारका १३ हजार २९ जना नागरिक छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।

उनीहरू पश्चिम हेरात प्रान्तको इस्लाम कला नाका, पूर्वी नंगरहारको तोर्खम नाका, दक्षिण कन्धारको स्पिन बोल्दाक नाका तथा पश्चिमी निमरोजको अब्रीशम नाका हुँदै अफगान भूमि प्रवेश गरेका हुन् ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्चायोगको पछिल्लो विवरणअनुसार, सन् २०२५ को सुरुयता हालसम्म १२ लाखभन्दा बढी अफगानी नागरिकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किसकेका छन् ।

हाल झण्डै ७० लाख अफगानी शरणार्थी विदेशमा रहेका छन्, जसमा धेरैजसो व्यक्तिहरू कागजपत्रविहीन अवस्थामा इरान र पाकिस्तानमा बसोबास गरिरहेका छन् ।

यी दुवै मुलुकका अधिकारीहरूले अवैध रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई आफ्नो देश फर्कन बारम्बार आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ०४ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ