पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा « Khabarhub

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट बालश्रममा रहेका आठ जना नाबालिकाको उद्धार गरेको छ।

बालश्रम प्रयोग गरेको आरोपमा प्रहरीले तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा ल्याएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रका स्पा सेन्टरमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रहरीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरेको हो।

प्रहरीका अनुसार, स्पा सेन्टरहरूले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकालाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिए।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : २१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै