विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा « Khabarhub

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानीको धारा जडान गर्न बजेट नै सुनिश्चित गरिएको हो । 

न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि पालिकाले रु ४७ लाख ५० हजार बजेटमा विनियोजनको नगर उपप्रमुख मीना उप्रेतीले बताए। उनले पालिकाभित्र रहेका खानेपानी संस्थाहरुसँगको सहकार्यमा कार्यविधि बनाएर धारा जडान गरिने योजनासहित बजेट विनियोजन गरेको बताए।

यसैगरी नगरपालिकाले बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा धेरै रकम विनियोजन गरेको छ । बजेटमा उल्लेख भएअनुसार चिया बगान तथा अन्य क्षेत्रका श्रमिकका लागि ‘बिमा कार्यक्रम’ शीर्षकमा २५ लाख रकम विनियोजन गरेको हो ।

नगरप्रमुख गोपाल बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको स्वास्थ्य बिमामा उक्त रकम खर्च गरिने बताए। उनका अनुसार मेचीनगरले विनियोजन गरेको यस बजेटबाट ७०० भन्दा बढी श्रमिक परिवार लाभान्वित हुने भएका छन् ।

मेचीनगरमा नेपाल चिया विकास निगमको टोकला चिया बगानलगायत दर्जनौँ ठूला र साना चिया बगान रहेका छन् । तीबाहेक यातायात, कृषि, ढुवानीलगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : १० बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर