सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद  | Khabarhub Khabarhub

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सरकारसँग आग्रह गरेका हुन् । 

समिति सदस्य साउदले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । 

‘भौगोलिक रुपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो । यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ,’ उनले भने, ‘हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन् । तर अझैँ पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन ।’

नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो । उनका अनुसार हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक सङ्ख्या बढाउन सकेको छैन । 

‘२० लाख पर्यटक पुर्‍याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौँ,’ साउदले भने, ‘जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप काम गर्न आवश्यक छ ।’ 

साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए ।

 ‘यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवर्द्धन गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वका दुई ठूला अर्थतन्त्र र जनसङ्ख्या देश भारत र चीनबाट पर्यटक आकर्षित गर्नका लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : २९ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज