पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : मन्त्री पाण्डे  « Khabarhub

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : मन्त्री पाण्डे 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हाल आफूहरू नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । 

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार सिंहदरबारमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताएका हुन्  । 

उनले भने, ‘हाल हामी नीतिगत र कानुनी कामहरू गरिरहेका छौँ । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायतका कानुनी सुधारका कुरामा केन्द्रित छौँ । अहिले ९ वटा आवश्यक ऐनहरू हामी अघि बढाइरहेका छौँ । संरचनामा काम गर्ने कुरामा हामी लागिरहेका छौँ ।’ 

नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौँ । उहाँहरू पनि बोर्डको सहजीकरणबाट विश्वस्त  र उत्साहित हुनुहुन्छ ।’

मन्त्री पाण्डेले पर्यटन बोर्ड थिंक ट्यांक पनि भएको उल्लेख गर्दै थपे, ‘पर्यटन प्रवर्द्धनको खाका बनाउने र कार्ययोजना बनाउने चरणको अन्तिमतिर छौँ । बजेट अभाव छ । निजी क्षेत्रलाई कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा हामी केन्द्रित छौँ ।’

‘यसअघि नै पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै हामी कार्ययोजना बनाउने काममा लागिरहेका छौँ,’ उनले भने, ‘भ्रमण दशकको कार्ययोजना निर्माणको अन्तिम चरणमा छौँ । यो कार्यान्वयनमा आएसँगै पर्यटनले फड्को मार्ने विश्वास लिएका छौँ ।’

मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउनका लागि मन्त्रालयले निरन्तर पहल गरिरहेकोसमेत बताए । उनले भने, ‘हवाई टिकट महँगो भयो भन्ने व्यापक गुनासो आइरहेको छ । यसको सम्बोधनका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ । नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना उच्च हुन्छ ।’

मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : २५ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।